ne_tn/luk/10/31.md

1.9 KiB

त्यसै बेला

यो कुनै मानिसले योजना गरेको जस्तो थिएन ।

एक जना पूजाहारी

यो अभिव्यक्तिले कथामा एउटा नयाँ व्यक्तिलाई चिनाउँछ, तर उसको नामैद्वारा भने चिनाउँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

जब उनले त्यसलाई देखे

“जब पूजाहारीले त्यो घाइते मानिसलाई देखे ।” किनकि पूजाहारी एक ज्यादै धार्मिक व्यक्ति हुन्, त्यसैले श्रोताहरूले उनले त सहायता गर्लान् भन्‍ने ठाने । उनले सहायता नगरेकाले यो पदावलीलाई अनपेक्षित परिणामतिर ध्यान खिँच्नको लागि “तर जब उनले त्यसलाई देखे” भनेर उल्‍लेख गर्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनी अर्को छेउबाट भएर गए

यो कुरा बुझिएको छ कि उसले त्यस मानिसलाई सहयोग गरेन । वैकल्‍पिक अनुवादः “उसले घाइते मानिसलाई सहयोग गरेन तर बरु उसबाट तर्केर बाटोको अर्को छेउबाट भएर गयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)