ne_tn/luk/10/21.md

3.3 KiB

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

स्वर्ग र पृथ्वीका प्रभु

“स्वर्ग” र “पृथ्वी”ले अस्तित्वमा भएका सबैथोकलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “स्‍वर्ग र पृथ्वीमा भएका हरेक मानिस र हरेक चीजका मालिक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

यी कुराहरू

यसले चेलाहरूको अधिकारबारे येशूले अगाडि सिकाउनुभएको कुरालाई जनाउँछ । यसलाई “यी कुराहरू” भनी अनुवाद गरेर पाठकहरूलाई नै यसको अर्थ निधो गर्न लगाउनु उत्तम होला ।

बुद्धिमान् र समझदारहरू

“बुद्धिमान्” र “समझदार” भनेको नामयोगी विशेषणहरू हुन् जसले यी गुणहरू भएको मानिसहरूलाई जनाउँछन् । किनभने परमेश्‍वरले तिनीहरूबाट सत्यतालाई लुकाउनभएको थियो, यी मानिसहरूले आफैँलाई बुद्धिमान् र समझदार सोचे तापनि तिनीहरू वास्तवमा थिएनन् । वैकल्पिक अनुवादः “आफूहरू बुद्धिमान् छु र आफूहरूसँग समझदारी छ भनेर ठान्‍ने मानिसहरूबाट” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-irony]] अनि [[rc:///ta/man/translate/figs-nominaladj]])

साना बालकहरूलाई

यसले तिनीहरूलाई जनाउँछ जससँग धेरै शिक्षा नभएको हुन सक्छ तर येशूका शिक्षाहरूलाई ग्रहण गर्न राजी छन् जसरी साना बालकहरू आफूहरूले भरोसा गरेकाहरूको कुरालाई इच्छुक भएर सुन्‍छन् । वैकल्‍पिक अनुवादः “कम शिक्षा भएका मानिसहरू, तर जसले परमेश्‍वरलाई सुन्छन् जसरी साना बालकहरूले सुन्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] अनि [[rc:///ta/man/translate/figs-simile]])

किनभने यो तपाईंको दृष्‍टिमा असल थियो

“किनभने तपाईंले यसो गर्न राम्रो लाग्यो”