ne_tn/luk/10/15.md

1.9 KiB

तँ, कफर्नहुम

येशूले अब कफर्नहुमका मानिसहरूले त्यहीँ नै बसेर सुनिरहेका थिए जस्तै गरी बोल्नुहुन्छ, तर तिनीहरू त्यहाँ छैनन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-apostrophe]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

तँ स्वर्गतिर उचालिदैनस्, उचालिन्छस् र ?

येशूले कफर्नहुमका मानिसहरूको घमण्डको निम्ति तिनीहरूलाई हप्काउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तँ निश्‍चय नै माथि स्वर्गमा जानेछैनस् !” वा “परमेश्‍वरले तँलाई सम्‍मान गर्नु हुनेछैन !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

स्वर्गतिर उचालिनु

यो अभिव्यक्तिको अर्थ “धेरै उचालिनु” भन्‍ने हुन्छ ।

तँ तल पातालसम्‍म तल ल्याइनेछस्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तँ तल पातालमा जानेछस्” वा “परमेश्‍वरले तँलाई पातालमा पठाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)