ne_tn/luk/09/62.md

2.1 KiB

कोही पनि परमेश्‍वरको राज्यको योग्य हुँदैन

उहाँको चेला हुने बारेमा त्यस मानिसलाई सिकाउन येशूले एउटा उखानसहित जवाफ दिनुहुन्छ । यदि कुनै व्यक्ति येशूलाई पछ्याउनुको सट्टा उसका विगतका मानिसहरूतिर केन्द्रित हुन्छ भने ऊ परमेश्‍वरको राज्यको निम्ति योग्य हुँदैन । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-proverbs]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

कसैले पनि आफ्नो हात हलोमा राखेर

यहाँ “ ... मा हात राख्‍नु” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ व्यक्तिले केही गर्न सुरु गर्‍यो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “आफ्नो खेत जोत्‍न सुरु गरेर कसैले पनि” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/translate-unknown]])

पछाडि हेर्दै

हलो जोतिरहेको मानिसले पछाडि फर्केर हेर्दा हलो जानु पर्नेतिर लान सक्दैन । राम्ररी जोत्‍नलाई तिनीहरू अगाडि केन्द्रित हुनुर्छ ।

परमेश्‍वरको राज्यको लागि योग्य

“परमेश्‍वरको राज्यको निम्ति उपयोगी” वा “परमेश्‍वरको राज्यको निम्ति सुहाउँदो”