ne_tn/luk/09/58.md

2.6 KiB

फ्याउराहरूका दुला छन् … टाउको लुकाउने ठाउँ पनि छैन

येशूको चेला हुने बारेमा त्यस मानिसलाई सिकाउन येशूले एउटा उखानसहित जवाफ दिनुहुन्छ । त्यो मानिसले उहाँलाई पछ्याउनु पर्थ्यो भने, त्यस मानिसको पनि घर नहुन सक्छ भन्‍ने येशूले देखाउँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “फ्याउराहरूका दुला छन् ... टाउको लुकाउने ठाउँ पनि छैन । त्यसैले, तिम्रो घर हुनेछ भनी आशा नगर ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-proverbs]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

फ्याउराहरू

यी जमिनमा बस्‍ने स-साना कुकुरहरूजस्तै जनावरहरू हुन् । तिनीहरू गुफा वा जमिनका दुलाभित्र सुत्छन् ।

आकाशका चराहरू

“हावामा उड्ने चराहरू”

मानिसको पुत्रसँग उसको ... टाउको

येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बताइरहनुभएको थियो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, मेरो टाउको ... छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

उसको टाउको लुकाउने ठाउँ कतै छैन

“मेरो टाउको बिसाउने ठाउँ पनि कहीँ छैन” वा “सुत्‍ने सठाउँ कहीँ पनि छैन ।” उहाँको कुनै स्थायी घर छैन र धेरैपटक मानिसहरूले उहाँलाई तिनीहरूसँग बस्नलाई निमन्‍त्रणा गर्दैनथे भन्‍ने कुरालाई जोड दिन येशूले अतिरञ्‍जन गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)