ne_tn/luk/08/08.md

2.1 KiB

फल फलाए

“कटनी बढाए” वा “धेरै बिउहरू वृद्धि गराए”

सयौँ गुणा बढी

यसको अर्थ छरिएका बिउहरूभन्दा सयौँ गुणा बढी भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

जससँग सुन्‍ने कानहरू छन् त्यसले सुनोस्

येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खरै भन्‍नुभएको कुरा महत्त्वपूर्ण छ र बुझ्‍न र अभ्यासमा ल्याउनलाई केही कोसिस चाहिन सक्छ । यहाँ “सुन्‍ने कानहरू” वाक्यांश बुझ्‍न र आज्ञापालन गर्नलाई भएको इच्छुकपनाको लागि एउटा प्रतिस्थापन हो । किनकि येशूले उहाँको कुरा सुन्‍नेहरूलाई प्रत्यक्ष रूपमा भनिरहनुभएको छ, तपाईंले यहाँ दोस्रो व्यक्तिलाई प्रयोग गर्नलाई रोज्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जो सुन्‍न इच्छुक छ, उसले सुनोस्” वा “जो बुझ्‍नलाई इच्छुक छ, उसले बुझोस् र आज्ञापालन गरोस्” वा “यदि तिमी सुन्‍न चाहिरहेका छौ भने, सुन” वा “यदि तिमी बुझ्‍न चाहिरहेका छौ भने, बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] ... [[rc:///ta/man/translate/figs-123person]])