ne_tn/luk/07/09.md

1.7 KiB

उहाँ तिनीसँग चकित हुनुभयो

“उहाँ कप्‍तानसँग चकित हुनुभयो”

म तिमीहरूलाई भन्दछु

उहाँले तिनीहरूलाई भन्‍न लाग्‍नुभएको अचम्मलाग्‍दो कुरामा जोड दिनलाई येशूले यसो भन्‍नुभयो ।

इस्राएलमा पनि मैले कसैमा यस्तो विश्‍वास भेट्टाएको छैन ।

यो भन्‍नुको तात्पर्य यसो हो कि येशूले यहूदी मानिसहरूमा पनि यस्तै विश्‍वास भएको चाहनुहुन्थ्यो तर तिनीहरूसँग थिएन । उहाँले गैरयहूदीहरूसँग यस्तो किसिमको विश्‍वास भएको आशा गर्नुभएन, तर यो मानिससँग यस्तो किसिमको विश्‍वास थियो । तपाईंले यो अन्तर्निहित जानकारीलाई थप्‍नु आवश्यक हुन सक्छ । वैकल्‍पिक अनुवादः “मैले कुनै त्यस्तो इस्राएली भेट्टाएको छैन जसले मलाई यस अन्यजातिले जत्तिको विश्‍वास गर्छ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)