ne_tn/luk/06/intro.md

7.2 KiB

लूका ०६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

लूका ६:२०-४९ मा थुप्रै आशिष्‌हरू र सरापहरू छन् जुन मत्ती ५-७ सँग मिलेको देखिन्छ । मत्तीको यो भागलाई पारम्परिक रूपमा “डाँडाको उपदेश” भनिएको छ । लूकामा, तिनीहरू मत्तीको सुसमाचारमा जस्तो परमेश्‍वरको राज्यको विषयमा भएको शिक्षासँग जोडिएका छैनन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/kingdomofgod)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“अनाज खाने”

जब चेलाहरूले विश्रामको दिनमा खेतका अनाजहरू चुँडेर खाए जुन खेतबाट भएर तिनीहरू गइरहेका थिए (लूका ६:१), फरिसीहरूले भने कि तिनीहरूले मोशाको व्यवस्थालाई तोडिरहेका थिए । फरिसीहरूले बताए कि चेलाहरूले अनाजहरू टिपेर काम गरिरहेका थिए र त्यसैले विश्रामको दिनमा आराम गर्नु र काम नगर्नु भन्‍ने परमेश्‍वरको आज्ञालाई अनाज्ञापालन गरिरहेका थिए ।

चेलाहरूले चोरिरहेका थिए भनेर फरिसीहरूले सोचेनन् । त्यो किनभने यात्रुहरूलाई तिनीहरू जुन खेतको नजिकैबाट वा जसबाट भएर यात्रा गरिरहेका थिए त्यहाँबाट थोरै मात्रामा अनाजहरू चुँडेर खानलाई किसानहरूले अनुमति दिनुपर्छ भनी मोशाको व्यवस्थाले आवश्‍यक बनाएको थियो । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/lawofmoses]] अनि [[rc:///tw/dict/bible/kt/works]] अनि rc://*/tw/dict/bible/kt/sabbath)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कार

अलङ्कारहरू दृश्‍य वस्तुहरूको चित्रणहरू हुन् जसलाई वक्ताहरूले अदृश्‍य सत्यतालाई व्याख्या गर्नलाई प्रयोग गर्छन् । येशूले उहाँका मानिसहरूलाई उदार हुनलाई सिकाउन एउटा उदार धनी अनाज व्यापारीको अलङ्कारको प्रयोग गर्नुभयो (लूका ६:३८) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आलङ्कारिक प्रश्‍नहरू

आलङ्कारिक प्रश्‍नहरू ती प्रश्‍नहरू हुन् जसको जवाफ वक्तालाई अगाडिबाटै थाहा हुन्छ । फरिसीहरूले एउटा आलङ्कारिक प्रश्‍न येशूलाई सोधेर उहाँलाई गाली गरे जब तिनीहरूले ठाने कि उहाँले विश्रामको दिनको अवज्ञा गरिरहनुभएको थियो (लूका ६:२) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

अन्तर्निहित जानकारी

वक्ताहरूले धेरैपटक ती कुराहरू बताउँदैनन् जुन तिनीहरूले ठान्छन् कि तिनीहरूका पाठकहरूले पहिल्यै बुझेका छन् । जब लूकाले लेखे कि चेलाहरूले अनाजका बालाहरूलाई तिनीहरूका हातमा माडिरहेका थिए, तिनीहरूले फाल्‍ने भागबाट खान हुने भागलाई अलग गरिरहेका थिए भनेर उनको पाठकले जान्दछन् भनेर उनले अपेक्षा गरे (लूका ६:१) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बाह्र चेलाहरू

निम्‍न दिइएका नामहरू बाह्र चेलाहरूको सूची होः

मत्तीमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्‍ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्‍करियोत ।

मर्कूसमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्‍ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्‍करियोत ।

लूकामाः

सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्‍थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत ।

थेदियस सम्भवतः याकूबका छोरा, यहूदा भनिने व्यक्ति नै हुन् ।