ne_tn/luk/05/23.md

2.3 KiB

कुन कुरा सजिलो छ … हिँड्न ?

आफ्नो क्षमा गर्ने शक्तिलाई आफूले गर्न लाग्‍नुभएको चङ्गाइको आश्‍चर्यकर्मसँग जोड्नलाई येशूले यो प्रश्‍नको प्रयोग गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मैले भर्खर भनेँ, ‘तिम्रा पापहरू तिमीलाई क्षमा भएका छन् ।’ तिमीहरूले सोच्न सक्छौ कि ‘उठ र हिँड’ भन्‍न गाह्रो हुन्छ, किनभने मैले निको पार्न सक्छु वा सक्दिन भन्‍ने कुराको प्रमाण ऊ उठेर हिँड्छ वा हिँड्दैन भन्‍ने कुराद्वारा देखाइनेछ ।” वा “तिमीहरूले सोच्न सक्छौ कि ‘उठ र हिँड’ भन्‍नुभन्दा ‘तिम्रा पापहरू तिमीलाई क्षमा भएका छन्’ भन्‍न सजिलो हुन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

भन्‍न सजिलो छ

नबताइएको अर्थ यो हो कि एउटा कुरा “बताउनलाई सजिलो छ किनभने कसैले पनि थाहा पाउने छैन”, तर अर्को कुरा “बताउनलाई गाह्रो छ किनभने सबैले जान्‍ने छन् ।” यदि त्यस मानिसको पापहरू माफ भए वा भएनन् भनेर मानिसहरूले देख्‍न सक्दैनथे, तर यदि ऊ उठेर हिँड्यो भने ऊ निको पारिएको थियो भनेर तिनीहरू सबैले थाहा पाउने थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)