ne_tn/luk/05/22.md

1.5 KiB

तिनीहरूका विचारहरू जानेर

यो वाक्यांशले सङ्केत गर्छ कि तिनीहरूले मनमनै बहस गरिरहेका थिए, त्यसैले तिनीहरूले के सोचिरहेका थिए भनेर येशूले सुन्‍नुभन्दा पनि चाल पाउनुभयो ।

तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्‍न गर्दछौ ?

यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नो हृदयमा यसबारे तर्क गर्नुहुँदैन ।” वा “मसँग पाप क्षमा गर्ने अधिकार छ भन्‍ने बारे तिमीहरूले शङ्का गर्नुहुँदैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरूका हृदयहरूमा

यहाँ “हृदयहरू” भनेको मानिसहरूको दिमाग वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)