ne_tn/luk/05/21.md

2.3 KiB

यो प्रश्‍न गर्नलाई

“यसलाई छलफल गर्नु” वा “यसको बारेमा बहस गर्नु ।” तिनीहरूले के कुरालाई प्रश्‍न गरे भन्‍ने कुरालाई व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूसँग पाप क्षमा गर्ने अधिकार छ वा छैन भनी छलफल गर्न लागे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

यो ईश्‍वर-निन्दा गर्ने को हो ?

यो प्रश्‍नले येशूले भन्‍नुभएका कुरामा तिनीहरू कति चकित भएका र रिसाएका रहेछन् भनी देखाउँछ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “यो मानिसले परमेश्‍वरको निन्दा गरिरहेछ !” वा “उसले यसो भनेर परमेश्‍वरको निन्दा गर्छ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

परमेश्‍वर बाहेक कसले पापको क्षमा दिन सक्छ ?

अनुमानित जानकारीचाहिँ यो हो, कि कसैले पाप क्षमा गरेको दाबी गर्छ भने उसले आफू परमेश्‍वर भएको भन्दै छ । यसलाई एउटा प्रस्‍ट कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले बाहेक कसैले पाप क्षमा गर्न सक्दैन !” वा “पाप क्षमा गर्ने परमेश्‍वर मात्र हुनुहुन्छ !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-explicit]])