ne_tn/luk/04/39.md

2.2 KiB

त्यसैले उभिँदै

“त्यसैले” शब्दले यो प्रस्‍ट बनाउँछ कि उहाँले सो काम गर्नुभयो किनभने मानिसहरूले सिमोनको सासुलाई निको पार्न उहाँसँग बिन्तीभाउ गरे ।

तिनको छेउमा उभिनुभयो

“तिनीकहाँ जानुभयो र तिनको छेउमा निहुरनुभयो”

उहाँले ज्वरोलाई हकार्नुभयो, र त्यसले तिनलाई छोडेर गयो

“ज्वरोसँग कडा तवरले बोल्नुभयो, र त्यसले तिनलाई छोडेर गयो” वा “ज्वरोलाई तिनलाई छोड्नलाई आज्ञा दिनुभयो, र त्यसले छोड्यो ।” (युडीबी) ज्वरोलाई के गर्नलाई उहाँले आज्ञा गर्नुभयो भनेर प्रस्‍टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनको छाला शीतल होस् भनी आज्ञा गर्नुभयो, र त्यसो भयो” वा “तिनको बिरामीलाई छोड्नलाई आज्ञा गर्नुभयो, र त्यसले छोड्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँले ज्वरोलाई हकार्नुभयो

“तातोपनालाई हप्‍काउनुभयो”

उहाँहरूको सेवा गर्न सुरु गरिन्

यहाँ यसको अर्थ हो कि तिनले येशू र घरमा भएका अरू मानिसहरूको लागि खानेकुरा बनाउन थालिन् ।