2.9 KiB
सामान्य जानकारीः
येशूले सभाघरमा उहाँलाई सुनिरहेका मानिसहरूलाई, एलिया र एलीशा अगमवक्ताहरूको बारेमा सम्झाउनुहुन्छ, जो तिनीहरूले चिनेका अगमवक्ताहरू थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)
तर म तिमीहरूलाई सत्य भन्दछु
“म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि आउने भनाइको महत्त्व, सत्यता र सच्चाइमा जोड दिनलाई यो वाक्यांशको प्रयोग गरिएको हो ।
विधवाहरू
विधवाहरू ती स्त्रीहरू हुन जसका पतिहरू मरेका छन् ।
एलियाको समयमा
येशूले कुरा गरिरहनुभएका मानिसहरूले एलिया परमेश्वरका अगमवक्ताहरूमध्ये एक थिए भनी जान्दथे । तपाईंका पाठकहरूले यो जान्दैनन् भने तपाईंले युएसटीमा जस्तै अस्पष्ट कुराहरूलाई स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “एलियाले इस्राएलमा अगमवाणी गरिरहरका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)
जब आकाशको ढोका बन्द गरीयो
यो एउटा अलङ्कार हो । यहाँ आकाशलाई बन्द भएको छतको रूपमा चित्रण गरिएको छ, ताकि त्यहाँबाट केही पानी नपरोस् । वैकल्पिक अनुवादः “जब आकाशबाट पानी परेन” वा “जब त्यहाँ कुनै पानी नै परेको थिएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)
एउटा ठूलो अनिकाल
“गम्भीर रूपमा भएको खानेकुराको कमी ।” अनिकाल भनेको लामो समय अवधि हो जब खेतीपातीले मानिसहरूलाई पर्याप्त अन्न उत्पादन गर्न सक्दैनन् ।