ne_tn/luk/04/23.md

2.1 KiB

सामान्य जानकारीः

नासरत त्यो सहर थियो, जहाँ येशू हुर्कनुभयो ।

पक्‍कै

“निश्‍चय नै” वा “त्यहाँ कुनै शंकै छैन कि”

ए वैद्य, आफैँलाई निको पार्

यदि कुनै कोही व्यक्तिले आफैँसँग भएको रोगलाई निको पार्न सक्छु भनेर दाबी गर्छ भने, ऊ साँच्‍चै वैद्य नै हो भनेर विश्‍वास गर्नलाई त्यहाँ कुनै कारण हुँदैन । येशूले अरू ठाउँहरूमा गर्नुभयो भनी तिनीहरूले सुनेका कुराहरू देखे भने मात्रै तिनीहरूले उहाँ एक अगमवक्ता हुनुहुन्छ भनेर विश्‍वास गर्नेछन् भनेर बताउनलाई मानिसहरूले यो उखान येशूलाई भन्‍ने छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-proverbs)

जे हामीले सुन्यौँ ... ती तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर

येशूको योसेफको छोरोको रूपमा भएको तल्‍लो स्तरको कारणले नासरतका मानिसहरूले उहाँ एक अगमवक्ता हुन सक्नुहुन्थ्यो भनेर विश्‍वास गरेनन् । तिनीहरूले विश्‍वास गर्नेछैनन् जबसम्‍म उहाँले आश्‍चर्यकर्महरू गर्नुभएको तिनीहरूले व्यक्तिगत रीतिले देख्दैनन् ।