ne_tn/luk/04/20.md

1.2 KiB

उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो

चर्मपत्रलाई त्यसभित्रको लेखनलाई सुरक्षित गर्नलाई नली आकारको वस्तुलाई झैँ गरी बेह्रेर बन्द गरेर राखिन्थ्यो ।

सभाघरको मुख्य सेवक

यसले सभाघरमा धर्मशास्‍त्र अभिलिखित चर्मपत्रहरूलाई उचित वास्ता र आदरसाथ बाहिर ल्याइयो वा ल्याइएन र थन्काइयो वा थन्काइएन भनी हेर्ने कामदारलाई जनाउँछ ।

उहाँमाथि परेका थिए

यो उपमाको अर्थ, “उहाँमा नै मग्‍न थिए” वा “उहाँलाई नै हेरिरहेका थिए” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)