ne_tn/luk/04/08.md

2.6 KiB

यसो लेखिएको छ

येशूले शैतानले भनेको कुरा गर्न इन्कार गर्नुभयो । यसलाई प्रस्‍टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “होइन, म तेरो आराधना गर्ने छैन, किनभने यसो लेखिएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो

“त्यसलाई जवाफ दिनुभयो” वा “त्यसलाई प्रत्युत्तर दिनुभयो”

यसो लेखिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले धर्मशास्‍त्रमा लेखेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नेछस्

उहाँले दियाबलसलाई किन दण्डवत् गर्नुहुन्‍न भनेर बताउन येशूले धर्मशास्‍त्रको खण्डबाट उद्धृत गर्दै हुनुहुन्छ ।

तैँले आराधना गर्नेछस्

यसले पूरानो करारमा परमेश्‍वरको व्यवस्था प्राप्‍त गर्ने मानिसहरूलाई जनाउँछ । तपाईंले “तँ” लाई एकवचनमा पनि प्रयोग गर्न सक्‍नुहुन्छ किनभने यसलाई हरेकले पालन गर्नुपर्थ्यो, वा तपाईंले “तँ” लाई बहुवचनमा पनि प्रयोग गर्न सक्‍नुहुन्छ किनभने यसलाई सबै मानिसले पालन गर्नुपर्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

उहाँलाई

“उहाँलाई” शब्दले परमप्रभु परमेश्‍वरलाई जनाउँछ ।