ne_tn/luk/02/46.md

1.6 KiB

यस्तो हुन आयो कि

यहाँ यो वाक्यांशलाई कथामा एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्नलाई कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

मन्दिरमा

यसले मन्दिर वरिपरि भएको प्राङ्गनलाई जनाउँछ । केवल पूरोहितहरूलाई मात्र भित्र प्रवेश गर्न अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिरको चोकभित्र” वा “मन्दिरभित्र” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बीचमा

यसको तात्पर्य ठीक केन्द्र होइन । बरु, यसको अर्थ “माझ” वा “सँगै” वा “बाट घेरिएर” भन्‍ने हुन्छ ।

शिक्षकहरू

“धार्मिक शिक्षकहरू” वा “मानिसहरूलाई परमेश्‍वरको बारेमा सिकाउनेहरू”