ne_tn/lev/23/39.md

1.9 KiB

जोड्ने वाक्यः

मानिसहरूले हरेक बर्ष के गर्नुपर्छ भनेर परमप्रभुले मोशालाई निरन्तर बताउनुहुन्छ।

छाप्रो-बासको चाड

यो एउटा चाड हो जसमा इस्राएलका मानिसहरू सात दिनसम्म अस्थायी छाप्राहरूमा बस्थे जुन तिनीहरूले मिश्र छोडेर उजाडस्थानमा बस्दाको समय सम्झने तरिका हो । तपाईंले लेवीहरू २३:३४मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

सातौँ महिनाको पन्ध्रौँ दिन

यो हिब्रू पात्रोको सातौँ महिना हो । पन्ध्रौँ दिन पश्‍चिमी पात्रोहरूमा अक्टोबरको सुरूतिर हुन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि

यहाँ "फसल" भन्‍ने शब्दले विभिन्‍न प्रकारका अन्‍नहरूलाई जनाउँछ । अर्को अनुवादः "तिमीहरूले अन्‍नहरू बटुलिसकेपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद