ne_tn/lev/22/01.md

2.6 KiB

पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून्

"पवित्र कुराहरूबाट तिनीहरू कहिले टाढा रहनुपर्छ ।" परमप्रभुले पुजारी अशुद्ध हुने र पवित्र कुराहरू छुन नमिल्ने अवस्था बारे वर्णन गर्न लाग्‍नु भएको छ ।

मेरो पवित्र नामलाई अपवित्र नबनाऊन्

यहाँ "अपवित्र" शब्दले अनादर गर्नुलाई जनाउँछ । "नाम" शब्द"ले परमप्रभुको चरित्रलाई दर्शाउछ । अर्को अनुवादः "मेरो प्रसिद्ध नाउँको अनादर नगर्नू" अथवा "मेरो अनादर नगर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूका सारा वंशहरूभित्र

"अब देखि उसो"

अशुद्ध भएको बेला

परमेश्‍वरको उद्देश्यको लागि अयोग्य व्यक्तिलाई यहाँ त्यो व्यक्ति शारीरिक रूपमा अशुद्ध भएझैँ बताइएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यो मेरो नजिकबाट बहिष्‍कृत होस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यो त्यस समय देखि पुजारीको रूपमा सेवा पुर्‍याउन सक्नेछैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद