ne_tn/lev/11/20.md

2.0 KiB

सामान्‍य जानकारीः

परमप्रभुले मानिसहरूलाई के खान अनुमति दिनुहुन्छ र के खान अनुमति दिनुहुन्‍न भन्‍ने कुरा उहाँले मोशा र हारूनलाई निरन्‍तर बताउनुहुन्छ ।

चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन्

"घृणित" शब्दलाई कृयात्मक वाक्यांसमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरूलाई घृणा गर्नेछौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

किराहरूमा चार खुट्‍टाले हिँड्ने

यहाँ "चार खुट्‍टा" वाक्यांश वाक्पद्धति हो जसको अर्थ जमीनमा घिस्रनु हो र यसले यी किराहरूलाई अरू उड्ने कुराहरूजस्तै, दुई खुट्‍टा भएका चराहरूबाट अलग पार्छ । अर्को अनुवादः " जमीनमा घिस्रने किराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो

यी बोटबिरुवाहरू खाने र उफ्रन सक्ने साना किराहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)