ne_tn/lev/11/03.md

1.7 KiB

सामान्‍य जानकारीः

परमप्रभुले मानिसहरूलाई के खान अनुमति दिनुहुन्छ र के खान अनुमति दिनुहुन्‍न भन्‍ने कुरा उहाँले मोशा र हारूनलाई निरन्‍तर बताउनुहुन्छ ।

चिरिएको खुर

यसको अर्थ सिङ्गो खुर नभई बिचमा चिरिएर दुई भाग भएको खुर हो ।

उग्राएर चबाउने

यसको अर्थ त्‍यसतो जनावर जसले आफ्नो पेटबाट खाना उग्राउँछ र फेरि चबाउँछ ।

उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशु

मतलब, एक वा अर्को गुण भएको तर दुवै नभएको पशु

त्यो तिमीहरूका निम्ति अशुद्ध हो

यहाँ "त्‍यो" ले ऊँटलाई जनाउँछ । ऊँट मानिसहरूले खानको लागि अयोग्य रहेको बारेमा यसरी बताइएको छ कि मानौं त्‍यो शारिरिक रुपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद