ne_tn/lev/04/01.md

3.0 KiB

परमप्रभु मोशासँग यसो भनेर बोल्नुभयो, "इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, 'यदि परमप्रभुले

यसमा उद्धरण भित्र उद्धरण छ । प्रत्‍यक्ष उद्धरणलाई अप्रत्‍यक्ष उद्धरणमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "परमप्रभु मोशासँग बोल्नुभयो र इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नु भनी भन्‍नुभयो: 'यदि परमप्रभुले (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "परमप्रभुद्वारा नगर्न भनी आज्ञा गरिएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यदि त्यसले निषेध गरिएको कुनै काम गर्छ भने

यसलाई कर्तृवाच्यमा अनुवाद सकिन्‍छ । अर्को अनुवाद: "यदि परमप्रभुले निषेध गर्नुभएको कुनै काम त्‍यसले गर्छ भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तल भनिएझैँ गर्नू

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तल भनेझैँ गर्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यदि मानिसहरूमा दोष ल्याउने गरी

भाववाचक नाम "दोष" लाई विशेषणको रूपमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "यदि मानिसहरूलाई दोषी हुने तुल्‍याउने गरी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद