ne_tn/lev/01/12.md

3.0 KiB

सामान्‍य जानकारी

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई भन्‍न निरन्तरता दिनुभयो ।

त्यसपछि त्यसले ... उहाँलाई चढाइएको होमबलि हो

१:१२-१३ को लागि लेवीहरू १:७-९मा धेरै जसो यी शब्‍दहरूलाई तपाईंले कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

त्यसपछि त्यसले त्‍यो ... काटोस्

यहाँ "त्‍यसले" ले बलिदान चढाउने व्‍यक्‍तिलाई जनाउँछ । यसलाई द्वितीय पुरुषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसपछि तैँले त्‍यो ... काट्नुपर्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस्

"त्‍यसपछि पुजारीले ती सबै वेदीमा जलाओस्"

यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ

सच्‍चा आराधकले चढाएको बलिदानबाट परमप्रभु प्रसन्‍न हुनुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ होमबलिको मिठो सुगन्धले परमप्रभु प्रसन्‍न हुनुहुन्‍थ्‍यो । लेवीहरू १:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यो उहाँलाई चढाइएको होमबलि हो

बलिदानहरू आगोमा जलाइनुपर्छ भनी परमप्रभुले मोशालाई भन्‍दै हुनुहुन्‍छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "यो मेरो निम्ति होमबलि हुनेछ" वा "यो परमप्रभुको निम्ति होमबलि हुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद