ne_tn/jud/front/intro.md

4.6 KiB

यहूदाको परिचय

भाग १: सामान्य परिचय

यहूदाको पुस्तकको रूपरेखा

१. परिचय (१:१-२ १. झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी (1:३-४) १. पुरानो करारका उदाहरणहरू (१:५-१६) १. उचित प्रतिक्रिया (१:१७-२३) १. परमेश्‍वरलाई प्रशंसाहरू (१:२४-२५)

यहूदाको पुस्तक कसले लेखे ?

लेखकले आफैँलाई याकूबका भाइ यहूदाको रूपमा परिचय गराए । यहूदा र याकूब दुवै येशूका अर्ध-भाइहरू थिए । यो कुनै खास मण्‍डलीको लागि थियो वा के थियो भनेर जानिएको छैन ।

यहूदाको पुस्तक केको बारेमा हो ?

यस पत्रको उद्देश्‍य भनेको विश्‍वासीहरूलाई झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी दिनु हो । यहूदाले उनका तर्कहरूलाई समर्थन प्रदान गर्नलाई पुरानो करारका विवरणहरूलाई उल्‍लेख गर्छन् । यसकारण, लेखकले यहूदी ख्रीष्‍टिएन श्रोताहरूलाई लेखिरहेका हुन सक्छन् । यस पत्रमा स्‍वर्गदूतहरू, दुष्‍टताको चिन्हस्‍वरूप सदोम र गमोरा, झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू जस्ता अवधारणाहरू २ पत्रुसमा भएको जस्तै छ । यहूदाले यो पत्र झूटा शिक्षकहरूको विषयमा विश्‍वासीहरूलाई चेतावनी दिनलाई लेखे । यहूदाले धेरैपटक पुरानो करारलाई उल्‍लेख गरे । यसले सुझाव दिन सक्छ कि यहूदाले यो पत्र यहूदी ख्रीष्‍टिएन पाठकहरूलाई लेखिरहेका थिए । यो पत्र र २ पत्रुसमा भएका खण्‍डहरू समान तवरका छन् । तिनीहरू दुवैले स्वर्गदूतहरू, सदोम र गमोरा, र झूटा शिक्षकहरूको विषयमा कुरा गर्छन् ।

यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?

अनुवादकहरूले यसलाई यसको पारम्परिक नाम, “यहूदा” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “यहूदाबाटको पत्र” वा “यहूदाले लेखेको पत्र” । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

यहूदाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?

यो सम्भव छ कि यहूदाले ती मानिसहरूको विरुद्धमा बोलेका थिए जसलाई पछि गएर “नोस्‍टिकहरू” भनेर चिनिने थियो । यी शिक्षकहरूले तिनीहरूको आफ्‍नै फाइदाको निमित्त धर्मशास्‍त्रको शिक्षाहरूलाई बङ्गाए । तिनीहरू अनैतिक तवरले जिउँथे र अरूहरूलाई पनि त्यसै गर्न सिकाउँथे ।