ne_tn/jud/01/13.md

3.4 KiB

समुद्रका भयङ्कर छालहरू

जसरी समुद्रका छालहरूलाई शक्तिशाली आँधीले चलाउँछ, त्यसरी नै ईश्‍वरहीन मानिसहरू सजिलैसित विभिन्‍न दिशाहरूमा बहकाइन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका आफ्नै निर्लज्‍जताको फिँज निकाल्दै

जसरी अनियन्त्रित छालहरूमा आँधीले फोहोर फिँज निकाल्दछ, त्यसरी नै यी मानिसहरूले तिनीहरूका झुटा शिक्षा र व्यवहारहरूले आफैँलाई लाजमा पार्दछन् । वैकल्पिक अनुवादः “जसरी छालहरूले फिँज र फोहोर निकाल्छन्, यी मानिसहरूले आफ्ना लाजपूर्ण कुराहरूद्वारा अरूहरूलाई पनि दूषित पार्दछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरू बत्तिएका ताराहरू हुन्

प्राचीन समयमा ताराहरूलाई अध्ययन गर्ने मानिसहरूले यस्तो विचार गर्थे, कि आज हामीले जे कुरालाई ग्रहहरू भनेर भन्छौँ, ती ग्रहहरूचाहिँ ताराहरूजस्तै गरी हिँड्दैनथे । वैकल्पिक अनुवादः “तिनीहरू हिँडिरहने ताराहरू जस्तै हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जसको निम्ति अनन्तको निम्ति घोर अन्धकारको अँध्यारो साँचेर राखिएको छ

यहाँ “अन्धकार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले मृतकहरूको स्थान वा नरकलाई प्रतिनिधित्व गर्दछ । यहाँ “घोर अन्धकार” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ “धेरै अँध्यारो” भन्‍ने हुन्छ । “साँचिएको छ” भन्‍ने वाक्यांशलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र परमेश्‍वरले तिनीहरूलाई नरकको नैराश्‍यता र अन्धकारमा सदाको लागि राख्‍नुहुनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-idiom]] अनि rc://*/ta/man/translate/figs-activepassive)