ne_tn/jud/01/04.md

2.3 KiB

किनकि तिमीहरूका माझमा केही मानिसहरू गुप्‍त रूपमा घुसेका छन्

“किनकि केही मानिसहरूले आफूपहरूप्रति ध्यानाकर्षण नगराईकन नै तिनीहरू विश्‍वासीहरूका माझमा आएका छन्”

ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए

यसलाई कर्तृवाच्यमा पनि उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई परमेश्‍वरले दण्ड दिनको निम्ति चुन्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जसले परमेश्‍वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्‍ट पार्दछन्

परमेश्‍वरको अनुग्रहलाई यस्तो वस्तुको रूपमा उल्लेख गरिएको छ जसलाई कुनै खराब कुरामा परिणत गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले परमेश्‍वरको अनुग्रहले मानिसलाई व्यभिचारमा लागिरहन अनुमति दिन्छ भनेर सिकाउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन्

सम्भावित अर्थहरू हुन् १) उहाँ परमेश्‍वर हुनुहुन्‍न भनेर तिनीहरूले सिकाउँछन् वा २) यी मानिसहरूले येशू ख्रीष्‍टको आज्ञा मान्दैनन् ।