ne_tn/jos/01/14.md

2.5 KiB

सामान्य जानकारीः

रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूसँग यहोशू निरन्तर बोल्छन् ।

तिमीहरूका स-साना बालबच्‍चाहरू

"तिमीहरूका स-सानाहरू"

यर्दन वारि

यसले यर्दन नदीको पूर्वतिरको भागलाई जनाउँछ । पछि प्राय इस्राएलीहरू यर्दनको पश्‍चिमीतिर बसोवास गर्नेथिए, त्यसैले तिनीहरूले पूर्वीय भागलाई "यर्दन वारि" भने । तर यस समयमा तिनीहरू अझैँ पनि पूर्वीय भागमा नै थिए । अर्को अनुवादः "यर्दन नदीको पूर्वतिर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूलाई पनि ... विश्राम नदिनुभएसम्म

यसले इस्राएलले कनानमा बसोवास गरिरेका तिनीहरूका सारा शत्रुलाई पराज्य गर्नुलाई जनाउँछ जुन तिनीहरूले अधिकार गर्नुपर्‍थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यसपछि तिमीहरू ... यसलाई अधिकार गर्ने छौ

यसले तिनीहरूले त्यस भूमिमा तिनीहरूको जीवन शान्तिमा बिताउने कुरालाई जनाउँछ ।

यर्दन वारि घाम झुल्कनेतिर

यसले यर्दन नदीको पूर्वतिरको भागलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद