ne_tn/jon/02/05.md

2.5 KiB

सामान्य जानकारी

यो योना Jonah 2:2 मा सुरू भएको योनाको प्रार्थनाको निरन्‍तरता हो ।

पानी

"पानी"ले समुद्रलाई जनाउँछ ।

मेरा घाँटी

केही संस्करणले यस हिब्रु शब्दलाई "मेरो प्राण" भनेर बुझ्‍छ । ती अनुवादमा, पानीले योनाको प्राण लिन लागेको थियो ।

मेरो सबैतिर ... गहिराइ थियो

" मेरो सबैतिर ... गहिरो पानी थियो"

समुद्रका झारहरू

"समुद्रमा उम्रने झार"

पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो

योनाले पृथ्वीलाई झ्यालखानासँग तुलना गर्न एउटा रूपक प्रयोग गरे । अर्को अनुवाद: "पृथ्वी एउटा झ्यालखानामाझैँ थियो जसले सदाको निम्ति मलाई कैद गर्न लागेको थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तापनि ... तपाईंले मेरो जीवनलाई खाडलबाट माथि उठाउनुभयो

योनाले मृतलोक बारे यसरी बताउँछन् कि मानौँ यो एउटा खाडल थियो । अर्को अनुवाद: "तर तपाईंले मेरो जीवनलाई मृतलोकबाट बचाउनुभयो" वा "तर तपाईंले मलाई मृतकहरू जाने ठाउँबाट बचाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभु, मेरा परमेश्‍वर

केही भाषाहरूमा, यसलाई वाक्‍यको अगि वा "तपाईं" शब्दको पछि राख्‍दा अझ राम्रो हुन्‍छ ।

शब्द अनुवाद