ne_tn/jon/01/01.md

4.7 KiB

परमप्रभुको वचन यसो भनेर आयो

यो एउटा वाक् पद्धति हो जसको अर्थ परमप्रभुले बोल्‍नुभयो भन्‍ने हो । "परमप्रभुले आफ्‍नो वचन बोल्‍नुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुको वचन

यहाँ "वचन"ले परमप्रभुको सन्‍देश बुझाउँछ । अर्को अनुवाद: "परमप्रभुको सन्‍देश"

परमप्रभु

यो परमेश्‍वरको नाम हो जुन उहाँले पुरानो नियममा आफ्‍ना मानिसहरूलाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्ने भनी परमप्रभुको बारेमा शब्द अनुवाद पृष्‍ठमा हेर्नुहोस् ।

अमित्तै

यो योनाको बुबाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

उठ्‍ र त्यो ठुलो सहर निनवेमा जा

"महत्त्‍वपूर्ण सहर निनवेमा जा"

उठ्‍ र ... जा

टाढ़ाको ठाउँमा जानु भन्‍ने बुझाउने यो एउटा सामान्य अभिव्यक्ति हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यसको विरुद्धमा बोल्

"त्‍यसका मानिसहरूलाई सचेत गरा" (EN-UDB) । परमेश्‍वरले त्‍यस सहरका मानिसहरूलाई संकेत गर्दै हुनुहुन्‍थ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो सामु तिनीहरूको दुष्‍टता अति धेरै भएको छ

"तिनीहरूले निरन्‍तर पाप गरिरहेका छन् भन्‍ने मलाई थाहा छ ।"

परमप्रभुको उपस्थितिबाट भाग्‍न

"परमप्रभुबाट भाग्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुको उपस्थितिबाट

परमप्रभु तर्शीशमा हुनुहुन्‍न भनी योनाले विचार गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

र तर्शीशतिर जान

"र तर्शीशतिर गए" तर्शीश, निनवेको विपरीत दिशामा थियो । यसलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद: "र विपरीत दिशा, तर्शीशतिर गए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनी तल योप्‍पामा गए

"योना योप्‍पामा गए"

जहाज

"जहाज" एक प्रकारको निकै ठुलो डुङ्‍गा हो जुन समुद्रमा यात्रा गर्न र धेरै यात्रुहरू वा गह्रौं मालसामान बोक्‍न सक्‍छ ।

त्यसैले तिनले जहाजको भाडा तिरे

"त्‍यहाँ योनाले यात्राको भाडा तिरे"

र ... जहाजमा चढे

"र ...जहाजमा बसे"

तिनीहरूसितै

"तिनीहरू" शब्दले जहाजमा गएका अरूहरूलाई जनाउँछ ।

परमप्रभुको उपस्थितिबाट

परमप्रभु तर्शीशमा हुनुहुन्‍न भनी योनाले विचार गरे ।(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद