ne_tn/jol/02/01.md

3.3 KiB

सामान्य जानकारी:

योएलले अघिल्लो अध्यायमा सुरु भएको कवितालाई निरन्तरता दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तुरही फुक ... ध्वनि बजाओ

योएलले आउनु लागेको विनाशको तयारीको निम्ति इस्राएललाई एकसाथ बोलाउने महत्वलाई जोड दिँदैछन् ।

अन्धकार र उदासको दिन

यी शब्दहरूले विपत्ति र ईश्‍वरीय न्यायको समयलाई जनाउँछ । अर्को अनुवाद: "पूरै अन्धकार भएको दिन" वा "डरलाग्दो न्यायको दिन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-metonymy]])

बादलहरू र बाक्‍लो अन्धकारको दिन

यस वाक्यांसले समान अर्थ दिन्छ र अघिल्लो वाक्यांसको धारणा प्रबल गराउँछ । सोहि वाक्यांसझैँ "बादल" र "बाक्‍लो अन्धकार" दुवैले ईश्वरीय न्यायलाई जनाउँछ । अर्को अनुवाद: "तुफानी कालो बादलहरूले ढाकेको दिन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र[[rc:///ta/man/translate/figs-metonymy]])

जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्‍छ, त्‍यसरी नै एउटा ठुलो र शक्तिशाली सेना नजिक आउँदैछ

अर्को अनुवाद: "एउटा ठुलो र शक्‍तिशाली सेना पर्वतीय भूमिमा आउँछ। तिनीहरू भूमिमा उदाएको सूर्यको किरणझैँ फैलन्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

एउटा ठुलो र शक्‍तिशाली सेना

यहाँ "ठुलो" र "शक्‍तिशाली" शब्दहरूले समान अर्थहरू दिन्छन् र सेनाको बललाई जोड दिन्छन् । अर्को अनुवाद: "एउटा ठुलो सलहहरूको बथान" (EN-UDB) वा "एउटा ठुलो मानव सेना" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-doublet]])

शब्द अनुवाद