ne_tn/job/40/10.md

2.7 KiB

महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार । आदर र ऐश्‍वर्यले आफैलाई सुसोभित पार

भाववाचक नाम "महिमा", "इज्‍जत", "आदर" र "ऐश्‍वर्य"लाई यसरी बताइएको छ कि मानौँ ती लुगा थिए जुन कुनै व्यक्तिले लगाउन सक्थे । यसलाई विशेषण र क्रियाको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "आफैलाई महिमित पार । यस्तो महान् कुरा गर कि मानिसहरूले तेरो सम्मान र आदर गरून् । मानिसहरूलाई तँ महान् राजा होस् भनी विचार गर्ने तुल्या" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

तेरो रिसको झोँक छरपष्‍ट पार्

"रिस" भाववाचक नामलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा भाडोमा नअटाउने केहि कुरा थियो जसको कराणले गर्दा कुनै व्यक्तिले त्यसलाई वरिपरि छरपष्ट पारि दिनपर्‍थ्यो । यो कुनै व्यक्ति रिसाएको बेलामा तिनले गर्ने कार्यहरूको निम्ति एउटा लक्षणा पनि हो । त्यो व्यक्ति किन रिसाएको छ भनी तपाईंले स्पष्ट पारिदिन पर्छ । अर्को अनुवादः "मानिसहरू घमण्डी भएको कारण रिसा र तिनीहरूलाई दण्ड दे" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]] र rc://*/ta/man/translate/figs-metonymy)

उसलाई तल झार्

"उसले घमण्ड गर्ने सबै कुरा लिइ"

शब्द अनुवाद