ne_tn/job/37/23.md

1.6 KiB

हामी उहाँलाई भेट्टाउन सक्दैनौं

सम्भावित अर्थहरू हुन्ः १) "हामी उहाँको नजिक जान सक्दैनौं" वा २) यो एउटा रूपक हो जहाँ एलीहूले एउटा व्यक्ति परमेश्‍वरलाई पूर्ण रूपले जान्‍न अक्षम हुनुहुनुलाई यसरी बताउँछन् कि मानौँ त्यस व्यक्ति परमेश्‍वरलाई भेट्टाउन सक्दैनन् । अर्को अनुवादः "हामी उहाँलाई बुझ्न सक्दैनौं"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्नै मनले बुद्धिमान् सम्‍झनेहरू

यहाँ "मन"ले व्यक्तिको विचारलाई जनाउँछ । अर्को अनुवादः "आफ्नै विचारमा बुद्धिमान् हुनेहरू" वा "आफैलाई बुद्धिमान ठान्‍नेहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद