ne_tn/job/36/22.md

3.2 KiB

हेर्नुहोस्

"हेर्नुहोस्" शब्दले यहाँ पछि आउने कुरालाई जोड दिन्छ । अर्को अनुवादः "साँच्चै नै"

परमेश्‍वर आफ्नो शक्तिमा उचालिनुभएको छ

सम्भावित अर्थहरू हुन्ः १) "परमेश्‍वर अत्यन्तै शक्तिशाली हुनुहुन्छ" वा २) "मानिसहरूले परमेश्‍वरलाई उचाल्छन् किनकि उहाँ शक्तिशाली हुनुहन्छ"

उहाँजस्तै शिक्षक को छ र?

परमेश्‍वर जस्तै शिक्षक कोहि पनि छैन भनी जोड दिन एलीहू यो आलङ्कारिक प्रश्‍न गर्छन् । अर्को अनुवादः "उहाँजस्तै शिक्षक कोहि पनि छैन ।" वा "उहाँले जस्तै शिक्षा कसैले पनि दिन सक्दैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र ?

परमेश्‍वरलाई के गर्नुपर्छ भनी कसैले पनि कहिल्यै निर्देशन दिएको छैन भनी जोड दिन एलीहू यो आलङ्कारिक प्रश्‍न गर्छन् । अर्को अनुवादः "उहाँले के गर्नुपर्छ भन्‍ने बारे उहाँलाई कहिल्यै कसैले निर्देशन दिएको छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

कसले उहाँलाई कदापि यसो भन्‍न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ ?

अधर्मको काम गरेको भनी कसैले पनि परमेश्‍वरलाई दोष लगाउन सक्दैन भनी जोड दिन एलीहू यो आलङ्कारिक प्रश्‍न गर्छन् । अर्को अनुवादः "कसैले उहाँलाई कदापि यसो भन्‍न सक्ने छैन, 'तपाईंले अधर्मको काम गर्नुभएको छ ।'" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद