ne_tn/job/36/06.md

2.7 KiB

उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्‍टि हटाउनुहुन्‍न

परमेश्‍वरले धर्मी मानिसहरूलाई रक्षा गर्नुलाई एलीहू यसरी बताउँछन् कि मानौँ परमेश्‍वरले तिनीहरूलाई आफ्ना आँखाले हेरिरहनु भएको थियो र परमेश्‍वर तिनीहरूलाई रक्षा गर्न रोक्किनुलाई उहाँले तिनीहरूबाट आफ्ना आँखा हटाउनु भएझैँ तिनी बताउँछन् । अर्को अनुवादः "उहाँ धर्मी मानिसहरूलाई रक्षा गर्न रोक्किनु हुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

राजालाई झैं तिनीहरूलाई सधैंभरि सिंहासनमा राख्‍नुहुन्छ

परमेश्‍वरले धर्मी मानिसहरूलाई सम्मान दिनुलाई एलीहू यसरी बताउँछन् कि मानौँ परमेश्‍वरले तिनीहरूलाई राजाझैँ सिंहासनमा बस्न लगाइरहनुभएको थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरू माथि उचालिन्छन्

परमेश्‍वरले धर्मी मानिसहरूलाई सम्मान दिनुलाई एलीहू यसरी बताउँछन् कि मानौँ उहाँले तिनीहरूलाई अग्लो स्थानमा उचाल्नुभयो । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "उहाँले तिनीहरूलाई माथि उचाल्नुहुन्छ " वा "उहाँले तिनीहरूको सम्मान गर्नुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद