ne_tn/job/33/25.md

3.7 KiB

सामान्य जानकारी

एलीहू निरन्तर अय्यूबसँग कुरा गर्छन् ।

तब

परमेश्‍वरले स्‍वर्गदूतको आग्रह स्‍वीकार्नुभयो भने के हुनेछ भन्‍ने कुरालाई अंकित गर्न "तब" शब्द प्रयोग भएको छ । अर्को अनुवादः " त्यसपछि फलस्‍वरूप" वा "परमेश्‍वरलाई स्वर्गदूतको आग्रहको फल स्वरूप"

उसको मासु बच्‍चाको भन्दा कलिलो हुन्छ

यसले मानिस निको हुनु र उसको शरीर फेरि बलियो हुनुलाई यसरी बताइएको छ कि मानौं उसको शरीर बच्चाको शरीरजस्तै नयाँ भयो । अर्को अनुवादः "बिरामी मानिसको शरीर सानो बालकको जस्तो फेरि नयाँ हुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

बच्‍चाको भन्दा कलिलो

यस तुलनामा " कलिलो" शब्द बढाइचढाइ गरिएको शब्द हो । अर्को अनुवादः "बच्चाको जस्तै कलिलो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

बच्‍चाको

छुट्टिएको शब्दलाई थप्‍न सकिन्छ । अर्को अनुवादः "बच्चाको मासु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

उसले फेरि आफ्नो युवावस्थाको ताकत पाउनेछ

यसले मानिस युवा छँदा बलियो भएझैँ फेरि बलियो हुने बारेमा यसरी बताइएको छ कि मानौं ऊ फेरि वास्तवमै युवा भएको थियो । अर्को अनुवादः "ऊ युवा छँदाझैँ फेरि बलियो हुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उसले आनन्दले परमेश्‍वरको मुहार हेर्छ

यो एउटा वाक्-पद्धति हो ।अर्को अनुवादः "उसले आनन्दसाथ परमेश्‍वरको आराधना गर्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमेश्‍वरको मुहार

यहाँ "मुहार"ले परमेश्‍वरलाई जनाउँछ । अर्को अनुवादः "परमेश्‍वर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

परमेश्‍वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्‍छ

"परमेश्‍वरले व्यक्तिलाई बचाउनुहुनेछ" वा "परमेश्‍वरले त्यो व्यक्तिको लागि कुराहरू फेरि ठिक बनाउनुहुनेछ ।"

शब्द अनुवाद