ne_tn/job/33/16.md

3.4 KiB

सामान्य जानकारी

एलीहू अय्यूबसँग निरन्तर बोल्छन् ।

तब परमेश्‍वरले मानिसहरूका कान खोल्‍नुहुन्छ

यसले परमेश्‍वरले मानिसहरूलाई सजग गराउने बारेमा यसरी बताउँछ कि मानौं उहाँले तिनीहरूले सुन्‍न सकोस् भनेर तिनीहरूका कानहरू खोल्दै हुनुहुन्थ्यो । अर्को अनुवादः "तब परमेश्‍वरले मानिसहरूमाथि प्रकाश पार्नुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई

यसले परमेश्‍वरले कसैलाई केही गर्नबाट रोक्नुलाई यसरी बताइएको छ कि मानौं उहाँले उसलाई शारीरिक रूपमा हानिबाट फर्काउनु हुँदैथियो । अर्को अनुवादः "उसलाई गर्नबाट रोक्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरले मानिसको जीवनलाई खाडल पर्नबाट ... उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ

यी दुवै वाक्यांशहरूले समान अर्थ दिन्छन् । अर्को अनुवादः "परमेश्‍वरले मानिसहरूलाई चिहानबाट र मृत्युबाट बचाउनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

खाडल

मानिसहरू मरेपछि जाने ठाउँलाई यहाँ "खाडल" भनी बताइएको छ । अर्को अनुवादः "मरेका मानिसहरू भएको ठाउँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मानिसको जीवनलाई ... उसको जीवनलाई

यो एउटा वाक्-पद्धति हो । अर्को अनुवादः "मानिसलाई मर्नबाट र ... उहाँले उसलाई " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मृत्युमा जानबाट बचाउनुहुन्छ

यहाँ "मृत्यु" ले मानिस मरेपछि जाने ठाउँ अर्थात् पाताललाई जनाउँछ । अर्को अनुवादः "पातालमा जानबाट बचाउनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद