ne_tn/job/33/01.md

2.9 KiB

सामान्य जानकारी

एलीहू निरन्तर बोल्छन् ।

मेरो कुरा सुन्‍न ... मेरा सबै शब्‍दहरू सुन्‍नुहोस्

यी दुवै वाक्यांशहरूले समान अर्थ दिन्छन् । अय्यूबले होशियारीपूर्वक सुन्‍नुपर्छ भन्‍ने कुरामा एलीहूले जोड दिँदैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मैले आफ्‍नो मुख खोलेको छु । मेरो जिब्रोले मेरो मुखमा बोलेको छ

यिनीहरूले समान अर्थ दिन्छन् । एलीहू आफू बोल्नको लागि तयार छन् भन्‍ने कुरामा जोड दिँदैछन् । तिनको "जिब्रो"ले बोल्नुले तिनी आफैलाई बोल्नुलाई जनाउँछ । अर्को अनुवादः "मैले मेरो मुख खोलेको छु र मैले बोल्न सुरु गरेको छु ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

मेरा वचनहरू मेरो हृदयको सोझोपनबाट आउँछन्

यहाँ एलीहूले आफैलाई आफ्नो हृदयद्वारा जनाउँछन् जब तिनी आफू सोझो भएको बताउँछन् । साथै एलीहूले आफैलाई आफूले बोलेको "वचनहरू" द्वारा आफैलाई जनाउँछन् । अर्को अनुवादः "म सोझोपूर्वक बोल्नेछु ।" वा "म पूरा इमान्दारीपूर्वक बोल्नेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मेरो ओठले शुद्ध ज्ञान बोल्‍छ

यहाँ एलीहूले आफ्नो वचनहरूलाई जोड दिन आफूलाई आफ्ना "ओठ"द्वारा जनाउँछन् । अर्को अनुवादः "मैले जानेको कुरा म तिमीसँग इमान्दारीपूर्वक बोल्नेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद