ne_tn/job/30/01.md

4.4 KiB

मभन्दा जवानहरूले मेरो ठट्टा गर्नुबाहेक अरू केही गर्दैनन्

"केवल मेरो ठट्टा गर्छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

यी जवान मानिसहरूका बुबाहरूलाई आफ्‍नो बगाल रुँग्‍ने कुकुरहरूको छेउमा काम गर्न पनि म इन्कार गर्थें

यसले तिनले उनीहरूका बुबाहरूलाई कति धेरै घृणा गर्थे भन्‍ने देखाउँछ । उनीहरू तिनका कुकुरहरूसँग रहन पनि असल थिएनन् । अर्को अनुवादः "जसका बुबाहरूलाई म घृणा गर्थेँ र जसलाई मेरो बगाल रुँग्‍ने कुकुरहरूको छेउमा काम गर्न पनि अनुमति दिन्‍न थिएँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

वास्तवमा तिनीहरूका बाबुहरूका हातको ताकतले, अर्थात् तन्‍देरी उमेरको बल नष्‍ट भएका ... मलाई कसरी मदत गर्न सक्थ्यो र ?

ती मानिसहरूको कमजोरीको खिसी गर्न अय्यूब यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः " तिनीहरूका बाबुहरूका हातको ताकतले, अर्थात् तन्‍देरी उमेरको बल नष्‍ट भएका ... मलाई मदत गर्न सक्दैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तन्‍देरी उमेरको बल नष्‍ट भएका मानिसहरू

"बल नष्‍ट भएका" एउटा रूपक हो जसले बलियो नभएको तर कमजोर भएकोलाई जनाउँछ ।अर्को अनुवादः "मानिसहरू जो वृद्ध भएका छन् र जसमा कुनै ताकत छैन ।" वा "वृद्ध र कमजोर भएका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

गरिबी र भोकले तिनीहरू दुब्‍लो थिए

"तिनीहरू" शब्दले ठट्टा गर्ने जवानहरूका बुबाहरूलाई जनाउँछ ।

गरिबी र भोकले तिनीहरू दुब्‍लो थिए

अर्को अनुवादः "तिनीहरू दुब्लो थिए किनभने तिनीहरू गरिब र भोका थिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे

सम्भावित अर्थहरू हुन्ः १) " सुक्खा भुइँ" भन्‍नु जमिनमा उम्रने सुक्खा जराहरूको लागि लक्षणा हो ।अर्को अनुवादः "तिनीहरू जमिनमा भएका सुख्खा जराहरू चपाउँथे ।" वा २) " कुटुकुटु टोक्थे" भन्‍नु सुक्खा जमिनमा पाइने जुनसुकै कुरा खानुको लागि लक्षणा हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद