ne_tn/job/24/20.md

3.4 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब निरन्तर बोल्छन् ।

गर्भ

यसले आमालाई जनाउँछ । अर्को अनुवाद: "आमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

किराले त्यसलाई मिठो मानेर खानेछ

यसको अर्थ ऊ मर्नेछ र किराले त्‍यसको लाश खानेछ भन्‍ने हो । अर्को अनुवाद: "किरा त्यसको मृत शरीर खाँदा आनन्दित हुनेछ" वा "त्‍यो मर्नेछ र त्‍यसको लाश किराद्वारा खाइनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

फेरि उसको सम्झना गरिनेछैन

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "कसले पनि अब उप्रान्‍त उसलाई सम्झने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

एउटा रुखलाई झैं दुष्‍टतालाई टुक्राटुक्रा पारिनेछ

परमेश्‍वरले दुष्ट मानिसलाई नष्‍ट गर्नुभएको कुरालाई यसरी वर्णन गरिएको छ कि मानौँ उहाँले एउटा रूखलाई काट्‍दै हुनुहुन्‍थ्‍यो । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "एउटा रूखलाई झैँ परमेश्‍वरले दुष्टलाई नष्‍ट गर्नुहुनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

दुष्‍टले निलिहाल्‍छ

दुष्ट मानिस कति निर्दयी छ भनी यस रूपकले जोड दिन्छ । अर्को अनुवाद: "एउटा जङ्‍गली जनावरले आफ्नो शिकारलाई मारेझैँ, दुष्ट मानिसले हानी गर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बच्‍चा नजन्माएकी बाँझी स्‍त्री

त्‍यति बेलाका मानिसहरूले बच्‍चा जन्माउन नसक्‍ने स्‍त्री परमेश्‍वरबाट श्रापित थिई भनी ठान्‍थे । त्‍यसैले, यसले अभागी स्‍त्रीलाई संकेत गर्छ ।

विधवा

एउटा स्‍त्री जसको पति मरेको छ

शब्द अनुवाद