ne_tn/job/24/13.md

3.0 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब निरन्तर बोल्छन् ।

ज्योतिको विरुद्धमा विद्रोह गर्छन्

"ज्‍योति"को सम्‍भावित अर्थहरू यी हुन् १) देखिने ज्‍योति वा २) आत्‍मिक ज्‍योति जसले परमेश्‍वर वा धर्मी भई जीउँनुलाई जनाउँछ । अर्को अनुवाद: "ज्‍योति घृणा गर्छन्" वा "खुलेर कुराहरू गर्न चाहँदैनन्" वा "परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले यसका मार्गहरू जान्‍दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन्

यी दुई वाक्‍यांशले एउटै कुरा वर्णन गर्छ र तिनीहरू ज्‍योतिको मार्ग पछ्याउन चाहँदैनन् भन्‍ने कुरालाई जोड दिन एकसाथ प्रयोग भएका छन् । अर्को अनुवाद: "तिनीहरूलाई नैतिक जीवन जीउनु पर्ने तरिका थाहा छैन; तिनीहरू धर्मी जीवन जीउँनदेखि टाढा रहन्‍छन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-parallelism]])

गरिब तथा दरिद्र मानिसहरू

"गरिब" र "दरिद्र" शब्दले एउटै समूहका मानिसहरूलाई जनाउँछ र यी आफ्‍नो निम्ति केही गर्न नसक्‍ने मानिसहरू हुन भन्‍ने कुरामा जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

ऊ चोरजस्तो हुन्छ

आफूले गरेको कुरा कसैले नदेख्‍ने गरी चोरले चोरेझैँ ज्‍यानमाराले गुप्‍तमा मार्छ । अर्को अनुवाद: "चोरले गुप्‍तमा चोरेझैँ ऊ मानिसहरूलाई गुप्‍तमा मार्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद