ne_tn/job/22/23.md

3.6 KiB

जोड्ने वाक्‍य:

एलीपज अय्‍यूबसँग निरन्तर बोल्छन् ।

तपाईंको निर्माण हुनेछ

अय्‍यूबको पुनर्स्थापनालाई भत्‍केको घरको पुर्ननिर्माणसँग एलीपज तुलना गर्छन् । यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "उहाँले तपाईंलाई निको पार्नुहुनेछ र तपाईंलाई फेरि फलिफाप तुल्‍याउनुहुनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

अधार्मिकतालाई तपाईंले आफ्ना पालहरूबाट धेरै टाढा राख्‍नुहुन्‍छ भने

यहाँ अय्‍यूबको पालमा बसिरहेको एउटा व्‍यक्‍ति त्‍यसबाट निकालिनुपर्ने झैँ अधार्मिकतालाई चित्रण गरिएको छ । अर्को अनुवाद: "तपाईं र तपाईंका घरानाले पाप गर्न छोड्छन् भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्‍नो खजाना भुइँको धूलोमा ... फाल्‍नुहोस्

खजाना भुइँमा फाल्‍नु भनेको महत्त्‍वहीन झैँ त्‍यसलाई व्‍यवहार गर्नु हो । अर्को अनुवाद: "आफ्नो धन धूलोझैँ महत्त्‍वहीन ... ठान्‍नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ओपीरको सुनलाई खोलाका ढुङ्गाहरूका बिचमा

सुनलाई नदीमा राख्‍नु भनेको यसलाई ढुङ्गाहरूभन्‍दा कुनै मुल्‍य नभएकोझैँ ठान्‍नु हो । अर्को अनुवाद: "आफ्नो सुनलाई नदीमा ढुङ्गाहरूझैँ मूल्यहीन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ओपीर

यो ओपीर सुनको निम्ति प्रसिद्ध क्षेत्रको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सर्वशक्तिमान्‌ तपाईंको खजाना, तपाईंको बहुमूल्य चाँदी बन्‍नुहुनेछ

यसको अर्थ अरू कुनै खजानाभन्‍दा अय्‍यूबको निम्ति परमेश्‍वर बढी मुल्‍यवान हुनुहुनेछ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद