ne_tn/job/22/12.md

3.2 KiB

जोड्ने वाक्‍य:

एलीपज अय्‍यूबसँग निरन्तर बोल्छन् ।

के परमेश्‍वर स्‍वर्गको उच्‍चमा हुनुहुन्‍न र ?

परमेश्‍वरले अय्‍यूबको पाप देख्‍नुहुन्‍छ र उसको न्‍याय गर्नुहुनेछ भनी सल्‍लाह दिन एलीपज यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "परमेश्‍वर स्‍वर्गको उच्‍चमा हुनुहुन्‍छ र पृथ्वीमा हुने सबैकुरा देख्‍नुहुन्‍छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

आकाशका ताराहरूको उच्‍चता हेर्नुहोस्, ती कति उच्‍चमा छन् !

परमेश्‍वर ताराहरूभन्‍दा उच्‍च हुनुहुन्छ भनी एलीपज बताउँछन् । यसलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद: "ताराहरू कति उच्‍चमा छन् भनी हेर्नुहोस् । तिनीहरू भन्‍दा पनि उच्‍चमा परमेश्‍वर हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरलाई के थाहा छ ? के उहाँले निस्पट्ट अन्धकारमा न्याय गर्न सक्‍नहुन्छ र ?

अय्‍यूबले परमेश्‍वरको विरुद्धमा यी कुराहरू भने भनी बताउन एलीपज यी प्रश्‍न गर्छन् । अर्को अनुवाद: "पृथ्वीमा हुने कुरा परमेश्‍वरलाई थाहा छैन । उहाँ घोर अन्‍धकारमा बस्‍नुहुन्‍छ र हाम्रो न्‍याय गर्न सक्‍नुहुन्‍न ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

उहाँ आकाशको चक्रमा हिंड्‍नुहुन्छ

यहाँ "चक्र"ले पहिलेका मानिसहरूले पृथ्वीलाई आकाशबाट छुट्‍याउँछ भनी विश्‍वास गर्ने तगारोलाई जनाउँछ। अर्को अनुवाद: "यहाँ हुने कुरा देख्‍न उहाँ धेरै टाढा आकाशमा बस्‍नुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद