ne_tn/job/22/01.md

2.6 KiB

एलीपज तेमानी

Job 2:11 मा झैँ यस मानिसको नाम अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

के मानिस परमेश्‍वरको लागि उपयोगी हुन सक्छ र ? के बुद्धिमान् मानिस उहाँको लागि उपयोगी हुन सक्छ र

मानिसको कार्यहरू वा बुद्धिले परमेश्‍वरलाई लाभ गर्दैन भनी जोड दिन एलीपज यी प्रश्‍न गर्छन् । अर्को अनुवाद: "मानिस परमेश्‍वरको निम्ति उपयोगी हुन सक्‍दैन । बुद्धिमान् मानिस परमेश्‍वरको लागि उपयोगी हुन सक्‍दैन ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-rquestion]])

तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्‌लाई के आनन्द मिल्छ र ? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्‍छ भने, त्यो उहाँको लाभ हो र ?

यी दुवै प्रश्‍नको अर्थ एउटै हो । अय्‍यूबको कार्यहरूले परमेश्‍वरलाई सहायता गर्दैन भनी जोड दिन एलीपज यी प्रश्‍न गर्छन् । अर्को अनुवाद: "तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्‌लाई केही आनन्द मिल्‍दैन । तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्‍छ भने, उहाँको केही लाभ पाउनुहुन्‍न ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-rquestion]])

शब्द अनुवाद