ne_tn/job/21/31.md

4.2 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब आफ्ना मित्रहरूसँग निरन्तर बोल्छन् ।

दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र ?

दुष्टको सँधै न्‍याय हुन्‍छ भन्‍ने आफ्ना मित्रहरूको सोचको खण्‍डन गर्न अय्‍यूब यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "दुष्‍ट मानिसको सामु उसलाई कसैले पनि दोषी ठहराउँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मानिसको सामु

यसको अर्थ कोही पनि दुष्ट मानिसकहाँ सिधै गएर व्यक्तिगत रूपमा त्‍यसलाई दोषी ठहराउँदैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उसले गरेको कामको बदला कसले लिन सक्‍छ र ?

दुष्टको सँधै न्‍याय हुन्‍छ भन्‍ने आफ्ना मित्रहरूको सोचको खण्‍डन गर्न अय्‍यूब यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "उसले गरेको खराब कामको बदला कसैले लिदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

उसलाई ... लगिनेछ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "मानिसहरूले उसलाई ... बोकेर लग्‍नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मैदानको माटोका डल्ला उसलाई गुलियो हुनेछ

मृत मानिसले आफूमाथि राखिएको माटो पनि मिठो मान्‍नेछन् भन्‍ने कुरा अय्‍यूब कल्‍पना गर्छन् । यसको अर्थ दुष्ट मानिसको समेत राम्रोसँग मृत्‍यु हुनेछ र सन्तोषजनक जीवन बिताएपछि राम्ररी गाडिनेछ भन्‍ने हो । "माटोका डल्ला"ले चिहानलाई ढाक्‍ने जमिनालाई जनाउँछ । अर्को अनुवाद: "मैदानको माटोले पुरिएकोमा ऊ रमाउनेछ" वा "मैदानको माटोमा गाडिएकोले ऊ रमाउनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

अनगिन्ती मानिस उसको अगि-अगि हुनाले, सबै मानिस उसको पछिपछि जानेछन्

यस काल्पनिक दुष्ट मानिसलाई सम्‍मान दिन मानिसहरूको ठुलो जमात अन्त्येष्टीको निम्ति मलामि जाँनेछन् भनी अय्‍यूब जोड दिन्‍छन् । अर्को अनुवाद: "धेरै सङ्‍ख्‍यामा मानिसहरू चिहान निर जान्‍छन्; केही मलामिको अगि जानेछन् र केही पछि आउनेछन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

शब्द अनुवाद