ne_tn/job/21/22.md

3.6 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब आफ्ना मित्रहरूसँग निरन्तर बोल्छन् ।

परमेश्‍वरले त उच्‍चमा हुनेहरूको पनि न्याय गर्नुहुन्‍छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र ?

परमेश्‍वरलाई सबैकुरा थाहा छ भनी जोड दिन अय्‍यूब यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "वास्‍तवमै, परमेश्‍वरले स्‍वर्गमा हुनेहरूको पनि न्‍याय गर्नुहुन्छ, तब कसैले उहाँलाई ज्ञान सिकाउन सक्‍दैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

उच्‍चमा हुनेहरू

सम्‍भावित अर्थहरू यी हुन्: १) "स्‍वर्गमा हुनेहरू" (EN-UDB) वा २) "शक्तिशाली मानिसहरू"

एक जना मानिस पूरा बलियो अवस्‍थामा ... मर्छ

अय्‍यूब Job 21:25 मा स्वस्थ र शान्‍तिमा मर्ने यस मानिस दुःख र पीडामा मर्ने मानिस भन्‍दा भिन्‍न थिए भनी अय्‍यूब भन्‍छन् । तपाईंले यसलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । अर्को अनुवाद: "त्‍यहाँ दुई जना मानिसहरू भए, एउटा चाँहि पूरा बलियो अवस्‍थामा ... मर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

उसको शरीर ह्रष्‍टपुष्‍ट हुन्छ

यसको अर्थ त्‍यो मानिस निकै स्वस्थ छ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उसको शरीर ह्रष्‍टपुष्‍ट हुन्छ ... उसको हड्‍डीहरूको मासी ताजा हुन्छ

यी दुवै वाक्‍यांशको अर्थ त्‍यो मानिस निकै स्वस्थ छ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उसको शरीर ह्रष्‍टपुष्‍ट हुन्छ

"ह्रष्‍टपुष्‍ट" शब्दको अर्थ "मोटा" भन्‍ने हुन सक्‍छन् । अर्को अनुवाद: "उसको शरीर मोटाएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उसको हड्‍डीहरूको मासी ताजा हुन्छ

यस वाक‍्पद्धतिको अर्थ उसको शरीर जवान र स्वस्थ छ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद