ne_tn/job/21/19.md

4.4 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब आफ्ना मित्रहरूसँग निरन्तर बोल्छन् ।

तपाईंहरू भन्‍नुहुन्छ

अय्‍यूबले आफ्ना मित्रहरूलाई अर्को वाक्‍यांशमा उल्‍लेख गरेका छन् भनी स्‍पष्‍ट पार्न प्रायःजसो संस्‍करणमा यो वाक्‍यांश राखिन्‍छन् ।

मानिसको दोषको दण्‍ड परमेश्‍वरले उसका छोराछोरीलाई दिनुहुन्छ

दोषको बारे यसरी बताइएको छ कि मानौँ यो कुनै थोक थियो जुन पछिको लागि प्रयोग गर्न सञ्‍चय गर्न सकिन्‍छ । अर्को अनुवाद: "परमेश्‍वरले एउटा मानिसको पापको जोखा राख्‍नुहुन्‍छ, अनि उसको कार्यहरूको निम्ति उहाँले त्‍यस मानिसको छोराछोरीलाई दण्ड दिनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्‍यो उसैले भोग्‍नुपरोस्

अय्‍यूब अब आफ्नै धारणा राख्‍न सुरू गर्छन् । यसलाई स्पष्टसित लेख्‍दा राम्रो हुन्छ । अर्को अनुवाद: "तर म भन्‍छु, 'त्‍यो उसैले भोग्‍नुपरोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

उसका आँखाले ... देखून्

यहाँ "आँखा"ले त्‍यस मानिसलाई जनाउँछ । अर्को अनुवाद: "उसले ... देखून्"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

सर्वशक्तिमान्‌को क्रोध उसले पिउनुपरोस्

यहाँ परमेश्‍वरको क्रोधको बारे यसरी बताइएको छ कि मानौँ यो एउटा पेय थियो जुन एउटा मानिसले चाख्‍न सक्‍थ्‍यो, र पेय चाख्‍नुको निम्ति स्वाद, लक्षणा हो । दुष्ट मानिसले परमेश्‍वरको दण्ड चाखेको अय्‍यूब चाहन्‍छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र ?

दुष्ट मानिसको छोराछोरीलाई दण्ड दिनुको केही अर्थ छैन भनी देखाउन अय्‍यूब यो प्रश्‍न गर्छन् । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "किनकि दुष्ट मानिसले आफू मरेपछि आफ्नो परिवार बारे वास्ता गर्न सक्‍दैन !" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-activepassive]])

आफ्नै आयु सकिएपछि

ऊ मरे भन्‍ने यो एउटा नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

आफ्नै आयु

यसले उसको जीवन अवधिलाई जनाउँछ ।

शब्द अनुवाद