ne_tn/job/21/16.md

5.1 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब आफ्ना मित्रहरूसँग निरन्तर बोल्छन् ।

हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्‍नै हातमा छैन र ?

यहाँ "हात"ले तिनीहरूको शक्‍ति वा अधिनलाई जनाउँछ । आफ्ना मित्रहरूलाई चुनौति दिन अय्‍यूब यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "हेर्नुहोस्, यी दुष्ट मानिसहरू तिनीहरूले आफैलाई समृद्धि हुने तुल्‍याउँछ भनी दाबी गर्छन् !" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-rquestion]])

कतिपल्‍ट ... तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ ?

प्रायजसो परमेश्‍वरले दुष्टलाई दण्ड दिनुहुँदैन भन्‍ने आफूलाई लाग्‍छ भनी जोड दिन अय्‍यूब यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "प्रायजसो ... तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

दुष्‍ट मानिसहरूको बत्ती निभाइन्‍छ

अय्‍यूब बत्ती निभाइनुलाई एउटा मानिस मर्नुसँग तुलना गर्छन् । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "परमेश्‍वरले तिनीहरूलाई झट्‍टै मर्ने तुल्‍याउनुहुन्‍छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

दुष्‍ट मानिसहरूको बत्ती

बलिरहेको बत्तीसँग अय्‍यूब दुष्टको जीवन तुलना गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्नो क्रोधमा ... कतिपल्‍ट ... पठाउनुहुन्‍छ ?

प्रायजसो परमेश्‍वरले दुष्टलाई दण्ड दिनुहुँदैन भन्‍ने आफूलाई लाग्‍छ भनी जोड दिन अय्‍यूब यो दोस्रो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "आफ्नो क्रोधमा ... प्रायजसो ... पठाउनुहुन्‍छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

कतिपल्‍ट ... आँधीले उडाएर लैजाने भुसझैं भएका छन् ?

प्रायःजसो परमेश्‍वरले दुष्टलाई दण्ड दिनुहुँदैन भन्‍ने आफूलाई लाग्‍छ भनी जोड दिन अय्‍यूब यो तेस्रो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "प्रायजसो ... आँधीले उडाएर लैजाने भुसझैं भएका छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्

दुष्टको मृत्‍युको बारे यसरी बताइएको छ कि मानौँ तिनीहरू बतासले उडाएर लैजाने काम नलाग्‍ने भुस र झारपातझैँ थिए । अर्को अनुवाद: "काम नलाग्‍ने भुसलाई उडाएर लैजाने बतासले झैं परमेश्‍वरले तिनीहरूलाई लैजानु हुन्‍छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद