ne_tn/job/21/07.md

3.0 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब आफ्ना मित्रहरूसँग निरन्तर बोल्छन् ।

दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्‍यमा शक्तिशाली हुन्छन् ?

दुष्‍ट मानिसहरूले सँधै दुःख भोग्‍छन् भनी उसका मित्रहरूले सोच्‍नु गलत हो भनी देखाउन अय्‍यूब यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "साँच्‍चै दुष्‍ट मानिसहरू निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र धनाढ्य हुन्छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन् ... तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन्

यी दुई उपवाक्‍यको अर्थ एउटै हो र यसले यो सत्‍य हो भनी जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरूकै आँखाको सामु ... तिनीहरूकै आँखाको सामु

दुष्‍ट मानिसहरूले आफ्ना सन्तानहरू बलिया र धनी भएका देख्‍न पाउनेछन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

तिनीहरूका घरहरू

यहाँ "घरहरू"ले तिनीहरूसँग बस्‍ने परिवारका सदस्‍यहरूलाई जनाउँछ । अर्को अनुवाद: "तिनीहरूका परिवार"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमेश्‍वरको छडी

यसले परमेश्‍वरको दण्डलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद