ne_tn/job/18/03.md

6.3 KiB

सामान्य जानकारीः

बिल्दद अय्‍यूबसँग निरन्तर बोल्‍छन् ।

हामीलाई किन जङ्गली पशुहरू जस्‍तै ... छौं ?

अय्‍यूबले तिनीहरूलाई लाटो ठान्‍नु हुन्‍न भन्‍ने कुरा उनलाई जोड दिन बिल्दद यो आलंकारिक प्रश्‍न गर्छन् । तिनीहरूलाई लाटो ठानेको कुरा उनले तिनीहरूलाई "पशुहरू" भनेर बताउँछन् । यस प्रश्‍नलाई सामान्य वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "हामी पशुहरूझैं छौ भनी तपाईंले ठान्‍नुहुँदैन ।" वा "हामी जनावरहरू जस्‍तै लाटो छौँ भनी तपाईंले ठान्‍नुहुँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हामीलाई किन

सम्‍भावत "हामी" शब्दले बिल्दद र अय्‍यूबका अन्‍य मित्रहरूलाई जनाउँछ ।

तपाईंको दृष्‍टिमा हामीलाई किन ... मूर्ख छौं ?

उसले तिनीहरूलाई मुर्ख भएको ठान्‍नुहुन्‍न भन्‍नलाई बिल्दद यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "तपाईंले हामीलाई ठाने जस्‍तै हामी ... मूर्ख छैनौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको दृष्‍टिमा

यहाँ दृष्‍टिले न्‍याय वा मूल्याङ्कनलाई संकेत गर्छ । अर्को अनुवाद: "तपाईंको न्‍यायमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंले आफ्नो रिसमा आफैलाई छिया-छिया पार्नुहुन्छ

यहाँ बिल्दद अय्‍यूबले पहिले दाबी गरेझैँ उसलाई चोट लाग्‍नुको कारण परमेश्‍वरको रिस नभएर अय्‍यूबको रिस र अनाज्ञाकारीको कारण हो भनी बताउँछन् । यहाँ "छिया-छिया पार्नु" वाक्‍यांशको अर्थ "चोट पार्नु" हो । अर्को अनुवाद: "तपाईं जसले आफ्‍नै रिसको कारण आफूलाई चोट ल्‍याउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

के तपाईंको निम्‍ति पृथ्वीलाई त्यागिदिने ? वा चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने ?

अय्‍यूब जसलाई तिनीहरूले दोषी मानिस भनी ठान्‍थे, तिनलाई स्‍वतन्‍त्र भएर जान दिनु सारा संसार बदल्‍नुझैं हो भनी यस आलंकारिक प्रश्‍नले देखाउँछ । यो कति अपमानजनक छ भनी आफू सोच्‍छन् भनी जोड दिन यहाँ बिल्ददले यी अत्‍यन्‍त बढाइचढाइ गरिएको कुरा प्रयोग गर्छन् । यसलाई सामान्य वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तपाईं दोषी मानिसलाई स्‍वतन्‍त्र भएर जान दिनु भनी परमेश्‍वरलाई बिन्‍ती गर्नु भनेको तपाईंको निम्ति पृथ्वीलाई त्‍यागि दिनु वा तपाईंलाई खुशी पार्न चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिन परमेश्‍वरलाई बिन्ती गर्नुझैं मूर्खता हो!" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

के ... पृथ्वीलाई त्यागिदिने

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "के हरेकले ... पृथ्वी छाड्ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

के ... चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । यहाँ "चट्टानहरू" शब्दले पहाडहरूमा हुने ठुलो चट्टानहरूलाई जनाउँछ । अर्को अनुवाद: "के ... परमेश्‍वरले चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाउनुहुने" वा "के ... परमेश्‍वरले पहाडहरूलाई सार्नुहुने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद