ne_tn/job/15/34.md

3.0 KiB

तिनीहरूको घुसका पालहरूलाई आगोले भष्‍म पार्नेछ

"घुसका पालहरू" वाक्यांशको अर्थ दुष्ट मानिसहरूले घुसद्वारा कमाएको पैसाले यी पालहरू किने भन्‍ने हुन्छ । अर्को अनुवाद: "तिनीहरूले आफ्ना घुसद्वारा कमाएको पैसाले किनेका पालहरू आगोद्वारा जलाइनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-possession)

तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ

यी मानिसहरूले कति दुष्टता गरे भनी जोड दिन एउटै विचार तिन पटक दोहोरिएका छन् । यसले दुष्ट कुराहरू योजान बनाउने र ती गर्ने मानिसको बारेमा यसरी बताउँछ कि मानौँ एउटी स्‍त्रीले गर्भाधारण गरेर बालक जन्माएझैँ त्यो मानिसले यी कुराहरू गर्भाधारण गरेर जन्माउँदै थियो । अर्को अनुवाद: "तिनीहरूले बदमासी र खराब कुराहरू गर्ने योजना गर्छन्; तिनीहरू सधैँ अरूलाई छल गर्ने योजना बनाउँछन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metaphor]])

तिनीहरूको गर्भले ... ठाउँ दिन्छ

यहाँ "गर्भ" व्यक्तिलाई जनाउन र गर्भधारणलाई जोड दिन प्रयोग गरिएको छ, मानौँ त्यो गर्भ हो र गर्भधारण त्यसमा हुन्छ । अर्को अनुवाद: "तिनीहरूले ... गर्भधारण गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद